बीमा क्षेत्रमा अटोमोवाईल्सको ५०% योगदान छ, सरकारले प्रोत्साहन नगरे विलय हुन्छौंः नाडा अध्यक्ष चौधरी

३० मंसिर २०८१, आईतवार १२:४१

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले बीमा क्षेत्रमा अटोमोवाईल्सको ५० प्रतिशत योगदान रहेको बताएका छन् । आइतबार (नाडा)को ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बीमा क्षेत्र अहिले यस्तो क्षेत्र भएको छ जहाँ अटोमोवाईल्सलो ५० प्रतिशत योगदान रहेको छ । समग्र अर्थतन्त्रमा हाम्रो २१ प्रतिशत योगदान छ । तर विडम्बनाको कुरा अटोमोवाईल्सकै ब्यक्ति विदेश पलायन हुनुपरेको अवस्था छ ।’

अझै पनि सरकारले अटोमोवाईल्सलाई प्रोत्साहन नगर्ने हो भने अटो क्षेत्र विलय हुने चौधरीको भनाई रहेको छ । ‘हामिले एक लाख भन्दा बढीलाई रोजगार दिएका छौं । देशको निति उधोगिकरण गर्नु पर्छ। अटोमा उच्च कर रहेको छ। कर प्रणाली झन्झटिलो रहेको छ ।’

उनले भने, ‘दुई पांग्रे सवारीमा विधुतिकरण भएको छैन । बिधुत प्राधिकरणले चार्ज गर्ने ठाउँ बृद्धि गर्न सहयोग गरेको छैन । त्यसैले अब आउने ईभि गाडिको भविष्यमा प्रश्न उठेको छ।’ उनले थपे, ‘ईभि सम्बन्धि नीति ल्याउनु आउनु पर्छ । अहिलेको भन्सार नीति परिवर्तन गर्नु पर्छ। मौद्रिक नीतिले अटोमोबाइल्सले कहिल्यै सम्बोधन गर्न सकेन । अहिलेको अवस्थामा अटो चलायमान गर्न सकेन भने अटो विलय हुने अबस्था छ ।’

सरकारले अटोमोवाईल्सलाई जहिले पनि सकारात्मक दृष्टिले नहेरेको चौधरीको दाबि छ । ‘सरकार र निजीको सम्बन्ध मजबुत हुन सकेको छैन। समन्वय हुन सकेको छैन । हामि स्वच्छ सम्बन्ध राख्न चाहन्छौ । सरकारको सहयोग भएन । ईभिलाई प्रोत्साहनका लागि सरकारले दिर्घकालिन योजना ल्याउनु पर्ने छ’ उनले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*