साना किसान विकास लघुवित्तको साधारणसभा पुस २३ गते बस्ने
३० मंसिर २०८१, आईतवार १२:२९
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आउदो पुस २३ गते बस्ने भएको छ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा बस्ने निर्णय गरेको हो।
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको आधारमा १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।