ओभरसिज नेपालिज इन्भेस्टमेन्टले आईपीओ निष्कासन गर्ने

३० मंसिर २०८१, आईतवार ११:२३

काठमाडौं । ओभरसिज नेपालिज इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २१ गते आइतबार आठौं साधारणसभा बोलाएको छ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयका साथै भर्चुअल माध्यमबाट सभा बस्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्कासन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*