प्रभु महालक्ष्मी लाइफको निःशुल्क मुटु चेकजाँच, पाँच सयबढी जना लाभान्वित

३० मंसिर २०८१, आईतवार ११:०५

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले निःशुुल्क मुटु चेकजाँच गरेको छ । कम्पनीले मंसिर २९ गते नागार्जुन नगरपालिका वडा नम्बर १ को कायालयमा एक कार्यक्रमको आयोजना गरी पाँच सय जनाबढीको स्वास्थ्य चेकजाँच गरेको हो ।

कम्पनीले नागार्जुन नगरपालिका वडा नम्बर १ र ओम हस्पिटलको सहकार्यमा निःशुल्क मुटु चेकजाँच कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ओम हस्पिटलका मुटु रोग विशेषज्ञ बरिष्ठ डाक्टर कमल लम्सालको नेतृत्वमा ७ जना डाक्टरको टिमले निःशुल्क औषधि र मुटु चेकजाँच गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

कम्पनीले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा पोखरामा लाइफ ज्याकेट हस्तान्तरण गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*