रिलायबल नेपाल लाइफद्वारा घातक रोग बापत २० लाखको दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रममा बीमित माहाराज चौधरीलाई घातक रोग बापत २० लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।
बीमित चौधरीले २०७८ पौष १३ गते २५ लाख रुपैयाँको बीमा योजना लिएका थिए । २०८१ साउन २७ गते उनलाई हृदयघातको निदान भएपछि सो दाबी दर्ता भएको थियो ।
कार्यक्रममा सभाध्यक्षता रत्ननगर नगरपालिका–६ का वडा अध्यक्ष किरण महतोले गरेका थिए भने कार्यक्रमको सञ्चालन पर्सा भण्डारा शाखा प्रमुख कुलराज शर्माले गरेका थिए भने प्रमुख अतिथि चितवन तथा लुम्बिनी प्रदेश बिजनेस हेड राजेन्द्र पौडेल तथा विशिष्ट अतिथि हाकिमचोक शाखा प्रमुख राजकुमार दाहाल रहेका थिए ।
त्यस्तै कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका एमडिआरटी सदस्यहरू, सिनियर एजेन्सी म्यानेजरहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सक्रिय सहभागीता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई सुरक्षाको बलियो आधार प्रदान गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहो¥याएको थियो ।
“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितका हकदारलाई छिटो, सहज र पारदर्शी रूपमा दाबी भुक्तानी गर्दै आएको छ। बीमा दाबी भुक्तानीमा कुनै फर्छ्यौट बाँकी नराख्नु कम्पनीको प्रमुख विशेषता मानिन्छ ।
कम्पनीका अनुसार, यस उपलब्धिले बीमित तथा उनीहरूका परिवारहरूको आर्थिक सुरक्षामा भरोसा थप बलियो बनाएको छ । साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै दायित्वप्रति प्रतिबद्धता कायम राख्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रमको संयोजन पर्सा भण्डारा शाखाका मार्केटिङ प्रमुख हेमराज बस्नेतले गरेका थिए ।