काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रविलामिछानेमाथि योजनावद्ध प्रहार भएको तथ्य बाहिर आएको छ । सहकारीको रकम हिनामिनाबारे जाँचबुझ गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदन विपरीत लामिछानेलाई योजनावद्ध रुपमा धरपकड गरेको रहस्य बाहिरिएको हो । रविको रास्वपा निकट एक कानून व्यवसायीका अनुसार सर्वोच्च न्यायालयसम्मका भ्रष्टाचार र अनियमितताका पोल खुल्ने भएपछि रविलाई सहकारी हिनामिनाको त्यान्द्रो समातेर प्रतिशोधको भड्खालोमा हालिएको हो । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानविन समितिको प्रतिवेदनले गितेन्द्रबाबु राई जीबीले सहकारीबाट विनाव्याज गोर्खा मिडिया नेटवर्कलाई सर्टटर्म लोन दिएको प्रष्ट भनेको छ, उनले बीमापोष्टसँग भने, ‘त्यसरी लोन लिने संस्थामा काम गरेका हैसियतले रवि लामिछाने समेतलाई कारबाहीका लागि सिफारिस गरिएको भनिएको छ । त्यसको अर्थ फौजदारी अभियोगमा कारबाहीप्र गर भनेको होइन नि, त्यो त कम्पनीले कारबाही गर्न सक्ने कुरा हो । त्यसमा फौजदारी अभियोग र अदालतको हकदैया कसरी लाग्छ ?’ प्रतिवेदनले सहकारी ठगी गरेको होइन भन्दा भन्दै त्यसै विषयमा मुद्दा चलाइनु प्रतिशोध नभई के हो ? उनले प्रतिप्र्रश्न गरे । सहकारी हिनामिनाको आरोपमा धेरै दिन हिरासतमा राख्न नमिल्ने जानेरै कहीँ कतैबाट संगठीत अपराध पो पुष्टि भइहाल्छ कि भनेर फौजदारी अभियोग लगाइएको उनको जिकिर छ । यद्यपि, सहकारी हिनामिनामा २४ दिन, संगठीत अवराधमा ६० दिन भन्दा बढी हिरासतमा राख्न नपाइने भएपछि त्यसैमाथि सम्पत्तिशुद्धीकरणको अभियोग थपेको र त्यसो … Continue reading भ्रष्टाचारका थप काण्ड खुल्ने डरले रविमाथि सत्ताको प्रतिशोध, लामो समय हिरासतमा राख्न सम्पत्ति शुद्धीकरणको मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed