मर्जर प्रस्ताव पारित गर्दै हिमालयन लघुवित्तको साधारण सभा सम्पन्न
३० मंसिर २०८१, आईतवार १०:२२
काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान नकर्मीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने।गाभिने वा प्राप्ति गर्ने लगायत प्रस्तावहरू पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।