नेशनल लाइफ बागमती प्रदेश शाखा समिति गठन, अध्यक्षमा शोभा रुम्बा
३० मंसिर २०८१, आईतवार ०९:२४
काठमाडौं । पेशागत बीमा अभिकर्ता सङ्घ नेपालको बीमक समिति अन्तर्गत नेशनल लाइफ इन्स्योरेन्स बागमती प्रदेश शाखा समिति गठन भएको छ।
दीपक कुमार बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमक समिति सहसचिव यतिराज अधिकारी प्रमुख अतिथि थिए भने तीनकुने शाखा प्रमुख सूर्यबहादुर श्रेष्ठ विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
शोभा रुम्बा अध्यक्ष, रमा भट्टराई सचिव, निर्मला कुमारी पहाडी उपाध्यक्ष र सुशीला पहाडी कोषाध्यक्षको नेतृत्वमा १५ सदस्यीय शाखा समिति गठन गरिएको हो। नवगठित समितिलाई सहसचिव यतिराज अधिकारीले शपथ ग्रहण गराएका छन्।
कार्यक्रमको सञ्चालन बागमती प्रदेश सदस्य रोशन यादवले गरेका थिए।