वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति?
३० मंसिर २०८१, आईतवार ०८:५४
काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अघिल्लो महिना (मंसिर) को तुलनामा नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
यता कृषि विकास बैंकले ०.०३३७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले १.०३ प्रतिशतले ब्याजदर बढाएका छन् भने १२ वटा वाणिज्य बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
यसरी पुस महिनामा एनमएमबि बैंकले सर्वाधिक ब्याजदर बढाएको छ भने नेपाल बैंक लिमिटेडले घटाएको छ। सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।