मेनुका कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति चयन

२९ मंसिर २०८१, शनिबार २२:१८

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन।
नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ ।

त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ ।
निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए ।
यसैगरि महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए ।
सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्र्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याएका थिए ।
यस्तै, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए ।
नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*