नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक, उत्कृष्ट फीचर र ४२० किमी रेञ्ज

२८ मंसिर २०८१, शुक्रबार १५:५४

काठमाडौँ । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ। शौर्य अटोमोबाइल्स प्रालिले दरबारमार्गस्थित आफ्नो शो–रुममा आयोजित एक विशेष कार्यक्रममा यो अत्याधुनिक प्रिमियम सेडान ईभी (इलेक्ट्रिक भेइकल) सार्वजनिक गरेको हो।

जेएमईभी जीएसईको ४९ किलोवाट क्षमताको ब्याट्रीले गाडीलाई एकपटक चार्ज गरेपछि ४२० किलोमिटरसम्मको यात्रा गर्न सक्षम बनाउँछ। यो गाडीको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ, जसले नेपाली सडकका लागि उपयुक्त मानिएको छ। यात्रालाई अझ आरामदायी बनाउन, यसमा प्यानोरामिक मूनरुफको सुविधा दिइएको छ।

गाडीमा रहेको ३६० डिग्री एभीएम भिजुअल सिस्टमले चालकलाई उत्कृष्ट सुरक्षा अनुभव प्रदान गर्छ। यसले गाडीको चारैतर्फको दृश्य स्पष्ट रुपमा देखाउँछ, जसले पार्किङदेखि यात्रा सबैलाई सहज बनाउँछ।

जेएमईभी जीएसई नेपाली बजारमा ५३ लाख ९९ हजार रुपैयाँको मूल्यमा उपलब्ध छ। ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित शो–रुममा गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन्।

जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडले निर्माण गरेको यो गाडी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो। सन् २०१५ मा चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये जेएमईभी एक हो।

सन् २०१९ मा रिनल्ट समूहले कम्पनीको ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि, जेएमईभीले विश्वव्यापी प्रतिष्ठा र विश्वास बढाउँदै आएको छ।

ग्राहकहरूले गाडीको परिष्कृत डिजाइन, उन्नत प्रविधि, र लामो दूरीको रेञ्जका कारण यसलाई नेपाली ईभी बजारमा लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*