आजबाट प्रभु महालक्ष्मी लाइफ आठौं वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

२८ मंसिर २०८१, शुक्रबार ११:२७

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात मंसिर २८ गतेबाट औपचारिक कारोबार सुरु गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले आठौं वर्ष प्रवेशको अवसर पारेर पोखरा लगायत देशका विभिन्न शाखा कार्यालयहरुले कुनै न कुनै सामाजिक कार्यमार्फत बार्षिक उत्सव मनाइरेहको कम्पनीले जनाएको छ । शाखा कार्यालयहरुले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

प्रभु ग्रुप मुख्य प्रबद्र्धक रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण सात वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ । कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी सात वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् । बार्षिकोत्सवकै अवसरमा प्रभु महालक्ष्मी लाइफले   नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

सात वर्षकै अवधीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

वर्षिक उत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नियमक निकाय बीमा प्राधिकरण, सञ्चालक, शेयरधनी, कर्मचारी, अभिकर्ता तथा आम बीमितहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । शिक्षा भट्टचन अध्यक्ष रहेको प्रभु महालक्ष्मी लाइफमा सुसन शेरचन, सम्झना अर्याल, विरेन्द्रजंग पाण्डे, शंकर गौतम, भावना बलायर र ज्योति शेरचन सञ्चालक रहेका छन् । सञ्चालक समितिमा महिला सञ्चालकहरुको बढी सहभागिताले समेत आम बीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

त्यस्तै, कम्पनीको डेपुटी सिईओमा किशोर प्रसाद लामिछाने, डेपुटी जनरल म्यानेरमा सोन बहादुर मगर, एसिस्टेन्ट जनरल म्यानेजर नमस सिंह देउजा, टिका दत्त प्याकुरेल रहेका छन् । देशैभरि हजारौं बीमा अभिकर्ता, एजेन्सी रहेका कम्पनीले दुर दराजमा पुगेर जीवन बीमा तथा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

One thought on “आजबाट प्रभु महालक्ष्मी लाइफ आठौं वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

  1. प्रा.डा.श्रीतिलकबहादुर के.सी.(शास्त्री/ज्याेतिष/अंक ज्याेतिष/बास्तु कन्सलटेन्ट) says:

    जन उपयोगी बीमा याेजना र बीमित सेवा सरल र प्रभावकारि छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*