विन नेपाल लघुवित्तले बोलायो साधारणसभा, मर्जरका लागि साथी खोज्दै

२८ मंसिर २०८१, शुक्रबार ०९:३१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारणसभा पुस १९ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सिन्धुपाल्चोकको मेलम्चीस्थित होटल मेलम्ची क्याफे इनमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

यस कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

साथै अन्य एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थासँग मर्जरका लागि कम्पनी खोज्ने र मर्जर सम्बन्धी सम्पूर्ण कार्र्य गर्न सञ्चालक समितिलाईृ अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*