रघुगंगा हाइड्रोपावरले आईपीओ जारी गर्ने

२८ मंसिर २०८१, शुक्रबार ०८:११

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ।

सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिनेछ। यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*