अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले बोलायो साधारणसभा
२८ मंसिर २०८१, शुक्रबार ०७:४३
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लिसारा रिसेप्सनमा बिहानको १० बजे सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारितका लागि पेश गरिनेछ।
साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको बैठक भत्ता अनुमोदन गर्ने र ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।