लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटल्सले बोलायो साधारणसभा

२८ मंसिर २०८१, शुक्रबार ०६:४७

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २८औं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजे सभा बस्ने निर्ण गरेको हो।

सभामा होटल्सले चुक्ता पूँजीको आधारमा शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एकजना सञ्चालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटल्सले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*