सहकारी रकम अपचलनमा फरार रहेका जीबी राईको राहदानी रोक्का
२७ मंसिर २०८१, बिहीबार १९:०१
काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी ९गितेन्द्रबाबु० राईको राहदानी रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले जनाएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन ।
जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो । तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।