बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि, बचत खाताको अंश उच्च

२७ मंसिर २०८१, बिहीबार १७:०८

काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोडले (२.३ प्रतिशत) वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७ प्रतिशतले वृद्धि भएको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तसम्म निक्षेप १२.६ प्रतिशतले बढेको छ।

२०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत, र मुद्दती खाताको अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी खाताहरूको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत, र ६०.२ प्रतिशत रहेको थियो।

बचत खाताको अंश २०८० को तुलनामा ५.५ प्रतिशतले बढेर ३२।८ प्रतिशत पुगेको छ। तर, मुद्दती निक्षेपको अंश ५४।५ प्रतिशतमा झरेको छ, जसले यो खातामा आकर्षण घट्दै गएको संकेत गरेको छ।
२०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५।८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो अंश ३६.० प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको निक्षेप वृद्धि सन्तोषजनक रहेपनि मुद्दती निक्षेपमा गिरावटले दीर्घकालीन स्रोत व्यवस्थापनमा चुनौती थपिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*