चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब २८ करोड कर्जा प्रवाह

२७ मंसिर २०८१, बिहीबार १६:४९

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा उक्त कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, वार्षिक बिन्दुगत आधारमा कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*