दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
२७ मंसिर २०८१, बिहीबार १६:३५
काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । उनलाई बिहीबार काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशसँगै उनलाई रिहा गरिने भएको छ ।
यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।