साप्सु कालिका हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
२७ मंसिर २०८१, बिहीबार १६:०९
काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि आगामी पुस १९ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव तय भएको छ ।