शेयर बजार घट्दा पनि ४० कम्पनीका लगानीकर्ता मालमाल, कुनले कति कमाए ?
२७ मंसिर २०८१, बिहीबार १५:१५
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ ।
त्रिशुली जलविद्युत कम्पनीको ८.५५ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । कम्पनीको आज प्रतिकित्ता ४४ रुपैयाँले बृद्धि भएको छ । साथै, नारायणी डेभलपमेन्ट ७.५४ प्रतिशतले बढेको छ ।
साथै, आरबिबि म्यूचुअल फण्ड २, कुथेली बुखरी स्मल हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीका लगानीकर्ताहरुले आज सबैभन्दा बढी कमाएका छन् ।