टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स

काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो । २००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका लागि टोयोटा यात्रुवाहनहरूको विक्रेताका रूपमा काम गर्दै आएको छ । संयुक्त ट्रेडर्स सिन्डिकेट प्रा. लिसँगको डिलरशिप सम्झौताअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीको मुख्य कार्यालय लैनचौरमा रहेको छ भने उत्तर्दोखास्थित आफ्नै शोरुममार्फत् सेवा प्रदान गरिरहेको छ । तर, पछिल्लो समय ग्राहकले कम्पनीको गाडि रुचाउनै छोडेपछि व्यापारमा गिरावट देखा परि रहेको हो । पछिल्ला वित्तीय वर्षहरूमा कम्पनीको कारोबारमा देखिएको गिरावटले यसको आर्थिक अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ । २०२० मा कम्पनीको कुल आम्दानी १.०७ अर्ब रुपैयाँ रहेकोमा २०२२ मा २.६९ अर्ब रुपैयाँसम्म पुगेको थियो । तर, २०२३ र २०२४ मा क्रमशः १.७४ अर्ब र १.५९ अर्ब रुपैयाँमा खुम्चिएको छ । आर्थिक सूचकहरूले पनि कम्पनीको समस्या झल्काएका छन् । सञ्चालन आम्दानीमा देखिएको गिरावटसँगै सञ्चालन नाफा मार्जिन २०२० को ३.४ प्रतिशतबाट २०२३ मा ०.८ प्रतिशतसम्म घटेको छ । २०२४ मा यो अनुपात केही सुधार भएर २.५ प्रतिशत पुगे पनि यसको असर कम्पनीको दीर्घकालीन स्थायित्वमा नकारात्मक देखिएको छ । कम्पनीको ऋण र वित्तीय व्यवस्थापनमा समेत चुनौती देखिएको छ। कुल ऋण/ठोस खुद मूल्यको अनुपात २०२३ मा … Continue reading टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स