पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छः अध्यक्ष श्रेष्ठ
काठमार्डौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजि एक कार्यक्रममा बोल्दै उनले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका हुन् ।
उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने उनको तर्क थियो । उनले अहिले सिमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजान आग्रह गरे ।
उनले भने, ‘स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ ।’