सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा नियुक्त
२७ मंसिर २०८१, बिहीबार १०:३५
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको ४४४औं बैठकको निर्णयले कार्यकारी अधिकृतमा सुरेश देवकोटालाई नियुक्त गरेको हो ।