आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने
२७ मंसिर २०८१, बिहीबार १०:१३
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै कम्पनीले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ।