गोर्खाज फाइनान्सको शेयर बेच्दै दिपेन्द्र अग्रवाल र भक्त बहादुर राई
२७ मंसिर २०८१, बिहीबार ०७:०७
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहको ५५ हजार ३३६ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता र भक्त बहादुर राईको नाममा रहेको ६ हजार ५६३ कित्ता शेयर बिक्रीमा राखेको हो।
यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र डिल्लीबजारस्थित कम्पनीको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।