प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा

२७ मंसिर २०८१, बिहीबार ०६:५३

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ७१ हजार ९१५ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण गरिएको छ।

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको जानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*