सिमेन्ट मूल्य घटाउने प्रतिबद्धता, काठमाडौंमा पीपीसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुने
२६ मंसिर २०८१, बुधबार १८:०६
काठमाडौँ । सिमेन्ट व्यवसायीहरूले काठमाडौं उपत्यकामा सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्। निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच बुधबार उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्ट मूल्य घटाउने सहमति भएको हो।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँ र पीपीसी सिमेन्ट ६०० रुपैयाँमा पाइने बताए ।
सिमेन्ट उद्योगका व्यवसायीहरूले सिमेन्टको मूल्य घटाएर निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न प्रतिबद्धता जनाएका छन्। सिमेन्ट मूल्य घटाउने कदमले निर्माण क्षेत्रलाई राहत पुर्याउने आशा गरिएको छ ।