सुर्य सिलवालमाथि थप छानविन हुँदै, नागरिकता सच्याएको प्रमाण खोज्दै सिआईबी
काठमाडौं । भ्रष्टाचारको अभियोगमा निलम्वित नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालमाथि थप छानविन हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्य प्रसाद सिलवालको नागरिकता र पासपोर्टमा फरक फरक जन्म मिति राखी जारी गराएको सम्बन्धमा र नागरिकता कीर्ते गरी जन्म मिति सच्याएको सम्बन्धमा छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई पत्र लेखेसँगै उनीमाथि थप छानविन हुने भएको हो ।
अख्तियार स्रोतका अनुसार सिलवालले गरेका नीतिगत भ्रष्टाचारजन्य निर्णयहरुमाथि पनि थप छानविन भइरहेको छ । त्यस्तै, उनले लिएको नागरिकतामा फरक फरक जन्म मिति देखिएकोले उक्त नागरिकता सच्याउन सिलवालले कीर्ते काम गरेको हुनसक्ने भन्दै अख्तियारले विस्तृतमा छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई पत्रचार गरेको छ । अख्तियारले सिलवालमाथि छानविन गर्न सिआईबीलाई पत्र लेखेको स्वीकार गरेको छ ।
बीमा प्राधिकरणमा रहँदा दर्जनौं नीतिगत भ्रष्टाचार गरेका सिलवालले पछिल्ले पटक बैदेशिक रोजगार बीमाको हिस्सा माइक्रो इन्स्योरेन्स कम्पनी समेतलाई हुने गरी पुलमार्फत लागू गराएका थिए । उनले यस्ता दर्जनौं कुकृत्य प्राधिकरणमार्फत गराएका थिए ।