टाटा मोटर्सको एक्सचेन्ज क्याम्पः पुराना गाडीसँग टियागो र पन्च ईभी साट्न सकिने

२६ मंसिर २०८१, बुधबार १६:२९

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ। डिसेम्बर १२, १३, र १४ तारिकसम्म सञ्चालन हुने यस क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ टियागो इभी र पन्च इभी लगायतका अत्याधुनिक प्रविधियुक्त गाडीहरूमा साट्न सकिनेछ।

देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा आयोजना हुने यस कार्यक्रममार्फत ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू प्राप्त गर्न सक्नेछन्। सिप्रदी ट्रेडिङका अनुसार, गाडी खरिद गर्ने ग्राहकहरूलाई एक्सचेन्ज बोनस, लाइफ टाइम निःशुल्क चार्जिङ सुविधा, १ वर्षका सवारी कर, एक्सेसरिज, र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो जित्ने अवसर प्रदान गरिनेछ।

कार्यक्रमका क्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न र टेष्ट ड्राइभको सुविधा लिन सक्नेछन्। कम्पनीले नयाँ गाडी खरिद गरी विशेष सुविधा र अफरहरूको फाइदा लिन ग्राहकहरूलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*