पाँच दिनको राताम्यमा ब्रेकः परिसूचक बढ्दा कारोबार ५ अर्बमाथि, कस्तो होला अबको गन्तब्य ?
काठमाडौँ । लगातार पाँच दिनको गिरावटपछि शेयर बजारले आज सुधारको संकेत देखाएको छ । केन्द्रीय बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट आएको थियो। यस कारण लगानीकर्ता रुष्ट बनेका थिए, जसले बजारलाई ओरालो यात्रामा धकेलेको थियो । तर, आज आएको दोहोरो अकंको सुधारले लगानीकर्ता खुसीको सास फेरेका छन् ।
बैंकहरूको ब्याजदर निरन्तर घटिरहेकाले र अर्थतन्त्रमा सुधारका संकेत देखिएका कारण बजारले सकारात्मक यात्रा तय गर्ने आशा गरिएको छ । साथै, कम्पनीहरू आर्थिक रूपमा मजबुत हुँदै गएका छन्, जसले लगानीकर्तालाई पुनः उत्साहित बनाउने अपेक्षा गरिएको छ ।
अबको बजारको गति कस्तो रहन्छ भन्ने विश्लेषण गर्न कठिन भए पनि सकारात्मक तत्वहरूले बजारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । लगानीकर्ताको मनोबल उच्च बनाउन संस्थागत सुधार र नीतिगत स्थायित्वको आवश्यकता रहेको विश्लेषकहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले घटेर २७१५.७१ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको ३.४३ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको १.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज २११ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ ।