जानकी फाइनान्स र रिभर फल्ससहित यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
२६ मंसिर २०८१, बुधबार १५:०५
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज जानकी फाइनान्सको ३६ करोड १५ लाख रुपैयाँ र रिभर फल्स पावरको २० करोड २५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ८१ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको नौ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।