केन्द्रीय बैंक फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने
२६ मंसिर २०८१, बुधबार १०:४६
काठमाडौँ। बैंकिङ प्रणालीमा तरलता अत्यधिक वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक व्यवस्थापनका लागि सक्रिय कदम चालिरहेको छ। आज ९मंसिर २६० राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको छ।
बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ। यसअन्तर्गत आज दिउँसो २ बजे बोलकबोल मार्फत निक्षेप संकलन प्रक्रिया सञ्चालन हुनेछ।
राष्ट्र बैंकले जारी गरेको जानकारी अनुसार, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउनेछन्।