एनएलजी इन्स्योरेन्सको शेयर टुक्राउने प्रस्ताव बीमा प्राधिकरणमा, अनुमति नपाउने निश्चित
काठमाडौं । बीमा कम्पनीको शेयर टुक्राएर जनता झुक्याउने यसअघिको प्रपञ्च असफल भएको धेरै भएको छैन । अहिले फेरि विगतमा नेपाल लाइफले गरेकै जस्तो शेयर टुक्राएर जनता झुक्याउने प्रस्ताव बीमा प्राधिकरणमा दर्ता भएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा रहेको शेयर टुक्राउन पाउने कम्पनी ऐनको दफा र बुँदा उल्ल्ेख गरी आवश्यक निर्देशन माग गर्दै निवेदन दर्ता गराएको छ । यही मंसिर २४ गते कम्पनीले निर्णय गर्दै बीमा प्राधिकरणमा पत्र दर्ता गराइएको छ ।
जसमा कम्पनीको हालको प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर आंशिक वा पूर्ण रुपमा टुक्राउने सम्बन्धमा नीतिगत निर्णय खोजिएको छ ।
बीमा प्राधिकरणका अधिकारीहरुले भने विगतमा पनि यस्तो गलत अभ्यासमा कम्पनीहरु जान खोजे पनि अनुमति नदिइएकोले अहिले पनि त्यस्तो सम्भावना नरहेको स्पष्ट पारेको छ ।