माछापुच्छ्रे बैंकले लाभांश नदिने

२६ मंसिर २०८१, बुधबार ०९:५५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरी ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

साथै यसैअनुसार बैंकले साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*