कालिका लघुवित्तको लाभांश प्रस्ताव

२६ मंसिर २०८१, बुधबार ०९:४८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*