सीआईटी र सूर्योदय वोमी लघुवित्तको शेयर बेच्दै एनआईसी एशिया बैंक, प्रतिकित्ता मूल्य कति?

२६ मंसिर २०८१, बुधबार ०८:४९

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई संस्थाको शेयर बिक्रीमा राखेको छ। बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता र सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो।

यी शेयरहरू यसअघि नै विद्यमान संस्थापक शेयरधनीलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको म्यादसम्म आवेदन नपरेपछि जो कोहीले खरिद गर्न पाउने गरी लिलाम मार्फत बिक्री खुला गरिएको बैंकले जनाएको छ।

बैंकले सीआईटीको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७६३ रुपैयाँ तोकेको छ भने सूर्याेदय वोमी लघुवित्तको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७७ रुपैयाँ निर्धारण गरेको छ। यी शेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले आज मंसिर २६ गतेदेखि पुस ३ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन बिक्री प्रबन्धका एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथलीस्थित कार्यलयका साथै एनआईसी एशिया बैंकको काठमाडौं, विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउन सकिनेछ। आवेदन फाराम पनि सोही स्थानबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*