तीनवटा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२६ मंसिर २०८१, बुधबार ०७:४८

काठमाडौं । विभिन्न तीनवटा बैंकहरूले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा राखेका हुन।

प्रभु बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखेको छ। जसमध्ये ३२ लाख ९० हजार ३१७ कित्ता शेयर बैंककै अन्य संस्थापक शेयरधनी र १ लाख ३५ हजार ३०१ कित्ता शेयर सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

त्यस्तै हिमालय बैंकले ५ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। साथै शेयरको बिक्रीमूल्य बिक्रेता अनुसार फरकफरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

त्यसैगरी गरिमा विकास बैंकले पनि विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर हाल बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउछन्।

यी शेयरहरू खरिदका लागि संस्थापक शेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि तोकिएको छ। शेयर किन्न इच्छुक लगानीकर्ताले सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा तोकिएको समयभित्र निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*