‘सन लाइफ साबधिक जीवन बीमा’ पोलिसी के हो ? यस्ता छन् फाइदै फाइदा

राजन कठायत
२५ मंसिर २०८१, मंगलवार १६:५८

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको सन लाइफ सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध भएका १५ हजारबढी बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गरेर उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।

आज हामी सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘सन लाइफ सावधिक जीवन बीमा योजना’ को बारेमा व्याख्या गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन् भन्नेबारे यहाँ कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईसँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः

‘सन लाइफ सावधिक जीवन बीमा’

कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चितताको तयारी गर्न सघाउछ ।

कम्पनीले प्रचलनमा ल्याएको सन लाइफ सावधिक जीवन बीमा योजना बीमितहरु मझ अत्यन्तै रुचाईएको सावधिक जीवन बीमा हो । यो मुनाफामा सरिक हुने (इन्डोमेन्ट प्लान वीच प्रोफिट’ जीवन बीमा हो । यस योजना अन्तर्गत निश्चित अवधिभित्र बीमाशुल्क भुक्तानी गरेमा अवधि समाप्त हुँदाको बखत बीमांक तथा नियमानुसारको आर्जित बोनश एकमुष्ठ प्रदान गर्नु यस बीमा योजनाको मुख्य विशेषता हो ।

न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै प्रकारका मानिसहरुले सर्वाधिक रुचाएको पोलिसी हो, ‘सन लाइफ सावधिक जीवन बीमा योजना’ ।

विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको बीमा पोलिसी हो ।

यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, ग्राहकले नियमित (कार्यकालभर) वा एकल भूक्तानी, दुई मध्ये एक रोज्न सकिनेछ ।

कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आउने विभिन्न भैपरी दुर्घटनाहरु र विभिन्न रोगहरुको सामना गर्न (सीआई) सुविधा समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।

बीमालेख खरिद गर्ने उचित समय कुन हो ?

जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ ।

सन नेपाल लाइफले यो योजनामा सहभागि हुनका लागि विभिन्न मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।

मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।

न्यूनतम् बीमाङ्क रकमः           २५ हजार रुपैयाँ,
अधिकतम् बीमांक रकमः      असिमीत (आम्दानीले धान्नेसम्मको)
न्यूनतम प्रवेश उमेरः               १८ वर्ष
अधिकतम प्रवेश उमेरः          ६५ वर्ष
अधिकतम परिपक्वता उमेरः   ७० वर्ष
बीमा शूल्क भुक्तानी तरिकाः  वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक

लाभहरू/विशेष सुविधाहरू

मृत्यु वापत भुक्तानी

चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्या रहेको छ ।

मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहन सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटना भएपछि बीमितलाई रकम र बोनसहित एकमुष्ट भुक्तानी दिने व्यवस्था रहेको छ ।

बीमा अवधि समाप्ती भुक्तानी

चालु अवस्थामा रहेको बीमालेख अन्तर्गत बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमांक रकम र नियमानुुसार आर्जित बोनस बीमाअवधि समाप्तीमा बीमितलाई एकमुष्ट भुक्तानी दिइन्छ । म्याचुरीटी बेनीफिट रकम प्राप्त गर्न बीमितद्वारा बीमा अवधिसम्मको सबै किस्ता भुक्तानी गरिएको हुनुपर्छ ।

समर्पण सुविधा

३ वर्षको बीमाशुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्य प्राप्त गर्न सकिनेछ । यो बीमा प्राधिकरणले तोकेकै समय सीमा हो ।

ऋण सुविधा

समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ । कारोबारको क्रममा कुनै अप्ठेरोमा परेमा बीमालाई बचतको रुपमा स्वीकार गर्दै ऋण लिन पाउने सुविधा कम्पनीले प्रदान गरेको छ ।

अतिरिक्त लाभहरुः

दुर्घटना मृत्यु लाभ सुविधा (एडीबी)

कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरी ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ लिन सकिनेछ । यो सुविधा अन्तर्गत बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा दुर्घटना मृत्यु लाभ बापतको बीमाङ्क रकम (अधिकतम रु ५० लाख) सम्म लिन सकिन्छ ।

स्थायी अशकता तथा बीमाशुल्क छुट सुविधा (पिटीडी र पिडब्लुबी)

कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरि ऐच्छिक सुविधा अन्तर्गत स्थायी अशक्तता सुविधा लाभ लिन सकिनेछ । यो सुविधा अन्तर्गत बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट बीमित पूर्ण रुपमा स्थायी पूर्ण अशक्त (आय आर्जन गर्न नसक्ने अवस्था) भएको प्रमाणित भएमा उक्त मितिपछिको बीमाशुल्क तिर्नु नपर्ने गरी कम्पनीले बीमाशुल्क छुट सुविधा प्रदान गर्नेछ । र स्थायी अशक्तता तथा बीमाशुल्क सुविधा बापतको बीमांक रकमलाई १२० किस्तामा भाग गरी मासिक रुपमा कम्पनीले प्रदान गर्नेछ ।

घातक रोग सम्बन्धी सुविधा (सिआई)

यस योजनामा कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरी ऐच्छिक सुविधा अन्तर्गत १८ प्रकारका घातक रोग सम्बन्धी उपचार खर्च सुविधा लिन सकिनेछ ।

बीमालेख चालु अवस्थामा रही घातक रोग बापत अतिरिक्त शुल्क भुक्तानी गरेको अवस्थामा बीमितलाई सुचिकृत १८ प्रकारका घातक रोगहरु लागेका निरुपण भएमा अधिकतम रु.५० लाखमा नबढ्ने गरी घातक रोग बापतको बीमाङ्क रकम उपचार खर्च बापत प्रदान गरिनेछ । घातक रोगमा उपचार खर्चको लागि कुनै मेडिकल बिल समावेश गर्नु पर्ने हुँदैन ।

किरिया खर्च सुविधा

कम्पनीले निर्धारण गरेको अतिरिक्त बीमाशुल्क भुक्तानी गरि ऐच्छिक सुविधा अन्तर्गत फुनेरल एक्सपेन्स पुरक करार सुविधा लिन सकिनेछ । बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा सामान्यतया बीमांक रकमको २५ प्रतिशत रकम वा ५०,००० मध्ये जुन कम हुन्छ, सो रकम किरिया खर्च बापत बीमितको हकवालालाई भुक्तानी गरिनेछ ।

सन मेडिकेयर

सन नेपाल लाइफ इन्स्योरेन्स धेरै समयको अध्ययनपछि आफ्ना सबै पोलिसीहरुमा समायोजन गर्न सकिने राइडर सुविधा हो,‘सन मेडिकेयर’। सन मेडिकेयर एक नविन बीमा सुविधा हो जसले आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्याहरुमा तत्काल आर्थिक राहत प्रदान गर्दछ ।

यसमा एक लाख रुपैयाँको सम्मको सुविधाको लागि वार्षिक शुल्क जम्मा १३९३ रुपैयाँमा मात्र रहेको छ । यसमा प्रवेश उमेर ५ वर्षदेखि ६९ वर्षसम्म रहेको छ । यसले सन लाइफ सावधिक बीमा योजनालाई थप बलियो र नागरिकको रोजाईमा पर्न सहयोग गरेको छ ।

बीमाङ्कमा छुट
सन लाइफको यस बीमा लेखमा बीमाशुल्क छुट पनि दिइएकोछ । कम्पनीमा बीमा गरेकाहरुले निम्न छुटहरु पाउनेछन् ।

रु.१,००,००० देखि १,९९९९९ सम्म रु. १ प्रति हजार
रु.२,००,००० र सोभन्दा माथि रु. २ प्रति हजार

बीमाशुल्कमा छुट तथा थप

वार्षिक २ प्रतिशत छुट, अर्धवार्षिक १ प्रतिशत छुट, मासिक ५ प्रतिशत थप, त्रैमासिक छैन

कसरी बीमा पोलिसी खरिद गर्ने ?

कम्पनीका देशभरी सक्रिय रहेका १५ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका १४० शाखा कार्यालय मार्फत खरिद गर्न सकिनेछ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।

दावी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीले आफ्ना ९९ प्रतिशत दावी भुक्तानी गरेको दावी समेत गरेको छ ।

कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सबै कागजात मिलाई सक्दो चाँडो दावी दिने ब्यवस्था गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*