लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा सम्झौता भन्दाबढी समय भोगचलन गरेर भाडा नतिरेको विषय फेरि चर्चामा आएको छ । सुरुमा ७ करोड बक्यौता रहेको भनिएकामा उर्जामन्त्री खड्काले विभिन्न तिकडम (अदालत धाउनेसम्म) गरेर ५ करोडमा झारेको बताइँदै छ । अहिले तिर्न बाँकी रहेको भनिएको ५ करोड रुपैयाँ समेत नेपाल स्काउटको संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसामु अबलिइङ गरेर छुट लिन खोजेको आरोप उर्जामन्त्री खड्कालाई लागेको छ । मन्त्री खड्का संस्थापक रहेको कम्पनीले सम्झौताअनुसार जग्गा र भवनको भाडा नबुझाएको भन्दै नेपाल स्काउटले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निवेदन दिएको १० महिना वित्दा पनि कुनै छलफल नचलेको बताइएको छ । ऊर्जामन्त्री खड्का भने भाडा छुट गराउन निरन्तर ‘लबिइङ’ गरिरहेका छन् । यतिबेला मन्त्री खड्का थाइल्याण्ड भ्रमणमा छन् । तर, भाडा नतिरेको विषयले उनको चर्को आलोचना भइरहेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संखुवासभाबाट निर्वाचित सांसद खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले ३ रोपनीको भाडा सम्झौता गरेर ९ रोपनी त्यसै ओगटेर १५ वर्षसम्म रजाइँ गरेको थियो । त्यति मात्र नभई जग्गा हडपेर व्यवसायिक प्रयोजनमा लगाउने क्रम बढ्दै गएर २८ रोपनीमा पुग्न लागेको रहस्य अहिले आएर खुलासा भएको छ । भाडा सम्झौता सकिएपछि पनि जग्गा नछाडेको र समयमा भाडा भुक्तानी नगरेको विषय अदालत पुगेपछि भने … Continue reading लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed