आइसीएफसी फाइनान्सको लाभांश घोषणा

२५ मंसिर २०८१, मंगलवार १०:४२

काठमाडौैँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*