बजारमा राताम्यको निरन्तरताः कारोबार र परिसूचक खुम्चियो, के मन्त्री परिवर्तनको त्रास हो ?

२४ मंसिर २०८१, सोमबार १५:०५

काठमाडौँ । पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले निरन्तर ओरालो बाटो समाइरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलिको छिमेकी राष्ट्र चीन भ्रमणपछि सरकारमा रहेका केहि मन्त्री फेरिने हल्ला बजारमा चलेको छ । अर्थमन्त्रीका रुपमा कार्यभार समालि रहेका विष्णु पौडेलको ठाउँमा कांग्रेसको सांसद आउने हल्ला चलेपछि बजारका लगानीकर्ता त्रसित भएका छन् । शेयर बजारप्रति सकारात्मक रहेका पौडेलको ठाउँमा अन्य कोहि ब्यक्ति आए उसले शेयर बजारलाई हेर्ने दृष्टीकोण फरक हुन सक्ने भन्दै लगानीकर्ता निराश बन्न पुगेका हुन् ।

मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत आफ्नो माग सम्बोधन हुन नसक्दा निराश लगानीकर्ता भएका लगानीकर्ता सरकारका मन्त्री परिवर्तनले डराएका छन् । बेला बेला परिवर्तन हुने मन्त्रीले गर्दा दिनकै नीति परिवर्तन हुने डरले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । तर, स्रोतले भने अहिले बजारमा चलेजस्तो मन्त्री परिवर्तन हुने कुनै पनि कुरा नचलेको बताएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ । चीन भ्रमणपछि मन्त्री परिवर्तन भन्ने कुरा झुट्टा हो । अहिलेसम्म मन्त्री परिवर्तनलाई लिएर कुनै छलफल भएको छ । कांग्रेस सभापति (शेर बहादुर देउवा) लाई कार्यभार नदिएसम्म मन्त्री परिवर्तन हुँदैन ।’

बैंकको ब्याजदर घटि रहेको, नियामक निकायबीच समन्वय भइरहेको र अर्थतन्त्र समेत सुधार तिर लम्किएको हुँदा बजार सकारात्मक नै हुने तर्क लगानीकर्ताहरुका रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८४ अकंले घटेर २६७६.१५ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।

यसदिन आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको १.६७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*