लोअर इर्खुवाले २८ लाख कित्ता शेयर निष्कासन गर्ने, नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्झौता

२४ मंसिर २०८१, सोमबार १३:४०

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्बन्धी सम्झौता भएको छ। आइतबार भएको यस सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन्।

सम्झौता अन्तर्गत लोअर इर्खुवा हाइड्रोले प्रति शेयर १०० रुपैयाँका दरले २८ लाख ५ हजार ७५० कित्ता अर्थात् २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ। यो सम्झौता हस्ताक्षर मितिदेखि ६ महिनासम्म लागू हुने कोषले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*