ठमेलको छायादेवी सेन्टर भत्काउनेबारे अन्तिम फैसला दिंदै सर्वोच्च, लगानीकर्ताको पहिल्यै भागाभाग
काठमाडौं । कमलपोखरी हडपेर ठड्याएको ठमेलस्थित छायादेवी सेन्टर विवादको अन्तिम टुंगो लाग्दैछ । सोमबार सर्वोच्च अदालतले यसबारे अन्तिम फैसला सुनाउने भएको हो । एक दशकदेखि सर्वोच्च अदालतमा चलेको मुद्दाको सुुनुवाइ पूरा भएसँगै आज (२४ मंसिरमा) निर्णय सुनाउन लागिएको बताइएको छ । सर्वोच्चले निर्णय सुनाउने भएसँगै सम्पदा संरक्षणकर्मीहरु पहिल्यै सर्वोच्च परिसर पुगेका छन् । सर्वोच्चको फैसलाअघि उनीहरुले आइतबार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए । आइतबारको प्रदर्शन ठमेलका स्थानीय र राजनीतिक दल निकट संगठनहरुले गरेका थिए भने सम्पदा संरक्षणकर्मीहरुले त्यसलाई समर्थन गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दामा १७ मंसिरमा दुवै पक्षले लिखित बहस नोट पेश गरेपछि सर्वोच्चले अन्तिम फैसला दिन लागेको हो । एकै ठाउँमा राखेर हेरिएका मुद्दा लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउनसमेत माग गरिएको छ । प्रदर्शनकारीहरूले ‘छायादेवी कम्प्लेक्स बहिष्कार गरौं’, ‘कमलपोखरी पुनस्र्थापित गरौं’, ‘सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौं’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक पृथ्वीबहादुर पाँडेले ठमेल भगवान् बहालअगाडि रहेको कमलपोखरी … Continue reading ठमेलको छायादेवी सेन्टर भत्काउनेबारे अन्तिम फैसला दिंदै सर्वोच्च, लगानीकर्ताको पहिल्यै भागाभाग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed