हिमालयन डिष्टिलरीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
२४ मंसिर २०८१, सोमबार १०:४१
काठमाडौँ । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) गरी जम्मा २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते बिहान १० बजे पर्सा जिल्लाको विरगन्ज महानगरपालिका वडा न २१ लिपनिविर्ता स्थित कम्पनीको रजिष्र्टड कार्यालयमा बस्ने गरी सभा आव्हान गरेको छ । जसका लागि पुष १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।