मञ्जुश्री फाइनान्सको लाभांश प्रस्ताव

२४ मंसिर २०८१, सोमबार १०:०८

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ३५ प्रतिशतका दरले नगद लाभाशं (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित परेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*