सोपान फर्मास्युटिकल्सको अवितरित हकप्रद बिक्रीमा, प्रतिकित्ता मूल्य १०० रुपैयाँ

२४ मंसिर २०८१, सोमबार ०७:०५

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित २ लाख ९६ हजार १२२ कित्ता हकप्रद शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

यस कम्पनीले गत असोज १४ गतेसम्म कायम रहेका शेयरधनीलाई १ः०.३० को अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो। असोज १५ देखि कात्तिक ३० गतेसम्म आवेदन माग गरिएकोमा २६ लाख ७३ हजार ८७८ कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो।

यसरी बाँकी रहेको २ लाख ९६ हजार १२२ कित्ता शेयर कम्पनीले लिलाम प्रक्रियामार्फत् बिक्री खुला गरेको हो। प्रतिकित्ता शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा घटीमा एक हजार कित्ता र बढीमा एक लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसका लगानीकर्ताले आज मंसिर २४ देखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको तिनकुनेस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा बुझाउनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*