शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

२४ मंसिर २०८१, सोमबार ०६:३३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा पुस १९ गते शुक्रबार बोलाएको छ। बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि सभामा पेश गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस २ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

One thought on “शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

  1. Binita yadav says:

    biniti

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*