रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्टले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड बिक्री गर्ने
२३ मंसिर २०८१, आईतवार १५:३८
काठमाडौँ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यो बन्दमुखी योजना हो ।